नयाँ दलहरूलाई उपाध्यक्ष परियारको सुझाव- परम्परागत दलहरूको उछितो काढेर युद्ध जितेझैँ नगरौँ

नेपालभ्युज

नयाँ दलहरूलाई उपाध्यक्ष परियारको सुझाव- परम्परागत दलहरूको उछितो काढेर युद्ध जितेझैँ नगरौँ

काठमाडौं । विवेकशील साझा पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले ०८०-८४ ‘शक्ति सञ्चय वर्ष’ भएको बताएका छन् । सामाजिक सञ्जालहरूमा यो अवधि ‘स्वर्णिम युग/वर्ष’ भनेर चर्चा भइरहँदा उपाध्यक्ष परियारले यस्तो बताएका हुन् । “०८०-८४ स्वर्णिम, सत्ता वा शब्दप्रहार युग होइन, रणनीतिक शक्ति सञ्चय वर्ष हुन्,” उपाध्यक्ष परियारले सामाजिक सञ्जाल फेसबूकमार्फत भनेका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा नजानसमेत साङ्केतिक सुझाव दिएका छन् । त्यसैले उनले जारी संसदीय कार्यकाललाई रणनीतिक युग भनेका छन् । उनले थपेका छन्, “त्यसकै जगमा मत-क्रान्ति युगलाई संस्थागत गरेर रूपान्तरण युगमा पाइला चाल्न सकिन्छ ।”

उनले परम्परागत दलहरूलाई गाली गरेर केही नहुने बताएका छन् । “सामाजिक सञ्जालमा विष वमन गरेर, परम्परागत दलहरूको अचाक्ली उछितो काढेर युद्ध जितेझै नगरौँ,” उपाध्यक्ष परियारको सुझाव छ, “टुटी फेरिएकोमा हर्षबढाइँ होइन, मुहानै फेर्नेमा पसिना बगाऔँ । उनीहरूले जस्तै धेरै त्याग, तपस्या र बलिदानीको हामीले सिन्को पनि भाँचेका छैनौँ ।”

उपाध्यक्ष परियारले नयाँ दलहरूलाई ‘गोर्खे पारा’ स्मरण गराएका छन् । उनी भन्छन्, “कि नेपालीहरू सरस्वती, विश्वकर्मा, दुर्गा, राम, कृष्णको भव्य मूर्ति बनाएर समय आउनेबित्तिकै नालीमा फाल्न पनि माहिर छन् ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved