एसीसी प्रिमियर कप : कुवेतले सिंगापुरलाई हरायो

नेपालभ्युज

एसीसी प्रिमियर कप : कुवेतले सिंगापुरलाई हरायो

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा कुवेतले सिंगापुरलाई पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा कुवेतले सिंगापुरलाई ४ विकेटले पराजित गरेको हो।

यससँगै कुवेत सेमिफाइनल नजिक पुगेको छ। बिहीबार हुने खेलमा हङकङलाई पराजित गरेमा कुवेत सेमिफाइनल पुग्ने छ।

११४ रनको लक्ष्य कुवेतले २६.३ ओभरमा ६ विकेटको क्षतिमा पुरा गरेको हो। कुवेतका लागि अदनान इद्रिसले ३८ र मिट भावसारले अविजित २७ रन बनाए। सिंगापुरका लागि भने अक्षय पुरी र विनोथ बास्करनले २–२ विकेट लिए।

पहिले ब्याटिङ गरेको सिंगापुर ३१.४ ओभरमा ११३ रनमा अलआउट भयो। सिंगापुरका लागि अमत्ये कौलले ४५ र मनप्रीत सिंहले २८ रन जोडे। कुवेतको लागि मोहम्मद असलमले ५, सिराज खानले ३ तथा यसिन पटेल र अदनान इद्रिसले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved