अपडेट: फ्लाई दुबईको विमान दुबईमा सुरक्षित अवतरण, सबै यात्रु सकुशल

फ्लाइट ५७६ फएजे विमान दुबइमा सुरक्षित अवतरण भएको छ। जहाज नेपाली समय अनुसार रातको २ बजे अवतरण भएको हो। विमानमा सवार १ सय ६८ यात्री र ७ जना चालक दलका सदस्य गरी १ सय ७५ जना सकुशल छन्।

नेपालभ्युज

अपडेट: फ्लाई दुबईको विमान दुबईमा सुरक्षित अवतरण, सबै यात्रु सकुशल

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाइट ५७६ फएजे विमान दुबइमा सुरक्षित अवतरण भएको छ।

जहाज नेपाली समय अनुसार रातको २ बजे अर्थात् दुबईको स्थानीय समयअनुसार रातको १२ बजेर १४ मिनेटमा अवतरण भएको हो। जहाज ४ घन्टा ४५ मिनेट लामो समयको उडानपछि विमान ल्याण्ड भएको हो।

विमानमा सवार १ सय ६८ यात्री र ७ जना चालक दलका सदस्य गरी १ सय ७५ जना सकुशल छन्।

काठमाडौं विमानस्थलबाट सोमबार राति ९ बजेर २१ मिनेटमा उडान भरेको विमानबाट ठूलो आवाज आएको र आगोको झिल्को देखिएको थियो। लगतै आकस्मिक अवतरणको तयारी गरिएको थियो।

विमान सामान्य रहेको भन्दै पाइलटले दुबई लैजाने जानकारी गराएपछि एयर ट्राफिकले अनुमति दिएका थिए। त्यसपछि लगातार उडेको जहाज दुबईमा सकुशल अवतरण भएको हो।

फ्लाई दुबईले भन्यो – विमान उड्ने क्रममा चरा ठोक्कियो, सुरक्षित रूपमा दुबई आउँदैछ

दुबई सरकारको मिडिया कार्यालयको फेसबुकमा पेजमा विमान उड्नेबित्तिकै चरा ठोकिएको स्ट्याटस पोस्ट गरेको छ।
फ्लाई दुबईका प्रवक्तालाई उद्धत गर्दै उसले लेखेको छ, ’फ्लाइ दुबईका प्रवक्ता: काठमाडौं विमानस्थलबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थल आउँदै गरेको फ्लाई दुबईको फ्लाइट ५७६ फएजेमा काठमाडौंमा चरा ठोक्किएको थियो।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved