एसीसी प्रिमियर कप : वर्षाको कारण खेल रद्द, नेपाल एक खेल अगावै सेमिफाइनलमा

आइतबारदेखि लगातारको खण्डित वर्षाले सोमबार मैदान प्रभावित भएसँगै खेल हुन नसक्दा नेपाल र अरेबियाले १–१ अंकमा चित्त बुझाउनुपर्‍यो।

नेपालभ्युज

एसीसी प्रिमियर कप : वर्षाको कारण खेल रद्द, नेपाल एक खेल अगावै सेमिफाइनलमा

काठमाडौं। साउदी अरेबियाविरुद्धको खेल वर्षाको कारण रद्द हुँदा नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। यससँगै नेपाल र साउदी अरेबियाले अंक बाँडेका हुन्।

आइतबारदेखि लगातारको खण्डित वर्षाले सोमबार मूलपानी क्रिकेट मैदान प्रभावित भएसँगै खेल हुन नसक्दा नेपाल र अरेबियाले १–१ अंकमा चित्त बुझाउनुपर्‍यो।

साढे १० बजे पानी रोकिएपछि खेलको लागि मैदान तयार पारिएको थियो। तथापि, साढे ११ मा वर्षा पुन: सुचारु भएसँगै मैदानलाई फेरि कभर गरिएको थियो।

साढे ८ बजे टस हुनु परे पनि वर्षाका कारण टस हुन सकेको थिएन। खेल रद्द भएसँगै नेपाल १ खेल बाँकी रहँदा नै सेमिफाइनलमा पुगेको हो। नेपाल र कतार बिहीबार आमने-सामने हुनेछन्।

३ खेलबाट ५ अंक जोडेको नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा छ । ३ खेलबाट ३ अंक जोडेको साउदी अरेबिया तेस्रो स्थानमा छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हङकङ र बहराइनबीचको खेल पनि वर्षाका कारण हुन सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved