काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सो पार्टीका सभापति रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसको तर्फबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रुवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नं. २ मा पुगेर उजुरी दिएका हुन् ।
मतदान भइरहेको बेलामा उम्मेदवार समेत रहेका लामिछानेले सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेको, लामिछानेले मतदान केन्द्रमा हुलहुज्जत गर्ने गराउने गरी मतदातालाई प्रभावित बनाएको दाबी उजुरीमा गरिएको छ।
उजुरीमा चितवनका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन कार्यालयको ठाडो आादेशमा एकपक्षीयरूपमा मतदाता र मतदान प्रतनिधिमाथि लाठी चार्ज गरेको र मतदातालाई भयभित पारिएको भन्दै कारबाहीको माग गरिएको छ ।
Facebook Comment
Comment