एसीसी प्रिमियर कप : जतिन्दरको शतकीय पारीमा ओमानले मलेसियालाई हरायो

क्रिकेट

नेपालभ्युज

एसीसी प्रिमियर कप : जतिन्दरको शतकीय पारीमा ओमानले मलेसियालाई हरायो

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा ओमानले मलेसियालाई पराजित गरेको छ। मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा ओमानले मलेसियालाई ८ विकेटले पराजित गरेको हो।

२२८ रनको लक्ष्य ओमानले ५० बल बाँकी रहँदा २ विकेटको क्षतिमा पूरा गरेको हो। ओमानको लागि जतिन्दर सिंहले शतकीय पारी खेले।

जतिन्दरले १११ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै अविजित १०१ रनको योगदान गरे। कश्यप प्रजापतिले ६६ रन र जिशान मक्सुदले अविजित ५२ रन बनाए। मलेसियाको लागि मोहम्मद अमिरले २ विकेट लिए।

पहिले ब्याटिङ गरेको मलेसियाले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा २२७ रन बनायो। मलेसियाको लागि विरन्दीप सिंहले ९४ र मोहम्मद स्याहदतले ५५ रनको योगदान गरे।

मलेसियाको लागि जिशान मक्सुदले ४, अयान खान र बिलाल खानले २–२, तथा कलीमुल्लाहले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved