भिटामिन ‘सी’को कमी भएको अनुहारबाटै यसरी थाहा पाउन सकिन्छ

नेपालभ्युज

भिटामिन ‘सी’को कमी भएको अनुहारबाटै यसरी थाहा पाउन सकिन्छ

एजेन्सी। शरीरलाई सन्तुलन राख्नका लाागि प्रोटिन, कार्बोहाइड्रेट जस्तै भिटामिनको पनि उत्तिकै आवश्यक हुन्छ।  भिटामिनका विभिन्न प्रकारमध्ये ‘सी’ को पनि धेरै महत्त्व हुन्छ । अमला, कागती, सुन्तला, अंगुर, टमाटर, अम्बा, स्याउ, केरा आदि फलफूलमा भिटामिन ‘सी’ पर्याप्त पाउन सकिन्छ।

अनुहारमा देखिने यस्ता परिवर्तनबाट तपाईंले भिटामिन ‘सी’को कमी भइरहेको थाहा पाउन सक्नुहुन्छ ।

डन्डीफोर ठीक नहुनु

शरीरमा भिटामिन ‘सी’ को कमी हुँदा अनुहारमा आउने डन्डीफोरहरू छिटो निको हुँदैन । कैयौंपटक यी घाउहरूले अनुहारमा दागसमेत छोड्छन् ।

छाला रुखो हुनु

भिटामिन ‘सी’ को कमी हुँदा अनुहारको छाला एकदमै सुक्खा हुन थाल्छ । भिटामिन ‘सी’ ले अनुहारको छालालाई मुलायम तथा स्वस्थ राख्न सहयोग गर्छ ।

चाउरीपन

अनुहार तथा छालामा चाउरीपन देखिनु पनि भिटामिन ‘सी’ को कमीले हुन सक्छ । जसले गर्दा छालामा अस्वाभाविक रूपमा बुढोपन देखिन्छ ।

त्यसैले, यस्ता खानेकुरा आफ्नो खानपानमा समावेश गर्नु राम्रो हुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved