एसीसी प्रिमियर कप : यूएईले दियो सिङ्गापुरलाई ४७२ रनको लक्ष्य

वृत्य र मुहम्मदको शतकीय पारी

नेपालभ्युज

एसीसी प्रिमियर कप : यूएईले दियो सिङ्गापुरलाई ४७२ रनको लक्ष्य

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा यूएईले सिङ्गापुरलाई ४७२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा यूएई ४९.५ ओभरमा ४७१ रनमा अलआउट भएको हो।

यूएईको लागि वृत्य अरविन्द र कप्तान मुहम्मद वसिमले शतकीय पारी खेले। वृत्यले १३३ बलमा १७ चौका र ७ छक्का प्रहार गर्दै १७४ रन जोडे। मुहम्मदले भने ८२ बलमा

९ चौका र १६ छक्का प्रहार गर्दै १६० रनको योगदान गरे। सिङ्गापुरको लागि अद्वित्य भार्गवले ४, रमेश कलीमुथुले ३, विनोथ बास्करणले २ तथा मनप्रित सिंहले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved