नेपालमा उत्पादित सबै प्रकारका सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

नेपालभ्युज

नेपालमा उत्पादित सबै प्रकारका सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा उत्पादन भएका सबै प्रकारका सवारी साधनलाई दर्ता गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

आइतबार नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले ‘यात्री’ मोटरसाइकल लगायत नेपालमै उत्पादित सवारी साधनले दर्ता नपाएर पलायन हुन लागेको खबरहरू  सञ्चारमाध्यममा आएपछि आफू गम्भीर रहेको भन्दै सोका लागि आवश्यक कार्यविधिलाई छिटो टुंगोमा पुर्‍याउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको निर्देशनपछि मुख्यसचिवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारी साधनको दर्ता एवं प्रवर्द्धनसम्बन्धी कानुनको मस्यौदा बनाई पेस गर्न भनेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved