आफन्तको नाममा ‘हल्कारा’लाई चिठ्ठी लेख्दा पुरस्कार

नेपालभ्युज

आफन्तको नाममा ‘हल्कारा’लाई चिठ्ठी लेख्दा पुरस्कार

काठमाडौं। वैशाख २९ गते रिलिज हुने नेपाली चलचित्र ‘हल्कारा’ले चिठ्ठी लेखन प्रतियोगिता आयोजना गरेको छ।

प्रतियोगितामा सहभागी हुन आफ्नो जीवनबाट टाढा भइसकेका,आफूले अत्यन्तै चाहेका, आफूले चाहेर पनि नपाएका अथवा आफूले सधैं सम्झिरहने व्यक्तिलाई पत्र लेख्नुपर्नेछ । उत्कृष्ट पत्र लेख्ने ३ जनाले पुरस्कार प्राप्त गर्ने निमार्ण पक्षले जनाएको छ ।

चिठ्ठी लेखन प्रतियोगिताको प्रथम हुनेले ५० हजार द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । पत्र चलनचल्तीको सेतो कागजको पानामा लेखिएको हुनुपर्नेछ र नेपालको गोश्वारा हुलाक कार्यालयमा पठाइएको हुनुपर्नेछ।

पत्र औपचारिक शैलीमा लेखिएको हुनुपर्नेछ। अभिवादन र समापन समावेश गर्नुपर्नेछ। एकभन्दा बढी पाना आवश्यक परेमा प्रयोग गर्न सकिनेछ। पत्र कम्तीमा ५ सय देखि बढीमा एक हजार शब्दमा लेखिएको हुनुपर्नेछ।

पत्र पठाउँदा २०८० वैशाख १० गतेदेखि २० गते सम्म पठाइसकेको र वैशाख २५ गते सम्म पोस्ट बक्समा प्राप्त भइसकेको हुनुपर्नेछ । ‘हल्कारा’ रिलिजको मिति वैशाख २९ गतेभन्दा २ दिन अगाडि वैशाख २७ गते पुरस्कार घोषणा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved