२ खर्ब तरलता हुँदा पनि कर्जा प्रवाह हुन सकेन : अध्यक्ष ढकाल

नेपालभ्युज

२ खर्ब तरलता हुँदा पनि कर्जा प्रवाह हुन सकेन : अध्यक्ष ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ प्रणालीमा २ खर्ब तरलता भए पनि बैंकको ब्याजदर उच्च भएको कारण कर्जा प्रवाह हुन नसकेको बताएका छन्।

शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकार र राष्ट्र बैंकले नीतिगत निर्णय गरी बैंकको ब्याजदर घटाएर कर्जा प्रवाहको वातावरण बनाउन आवश्यक रहेको बताएका हुन् ।

नीय तहमा गएको रकम ऋणपत्रलाई सिडि रेसियोमा गनणना गर्न पाउने समय अवधि अप नभए बैंकमा रहेको २ खर्बको तरलता ५० अर्बमा झर्नसक्ने दाबी गर्दै उनले स्थानीय तहको ऋणपत्र बैंकको सिडि रेसियोमा गणना गर्न असार
मसान्तबाट गर्न नपाउने भन्ने डरले बैकहरूले कर्जा प्रवाह गर्न नसकेको बताए ।

अध्यक्ष ढकालले बैंकको खराब कर्जाको अनुपात ३ देखि ४ प्रतिशत पुगेको बताउँदै  बैंकहरूले कर्जा प्रवाह गर्नको लागि राष्ट्र बैंकको सिडी रेसियो कायम गर्ने समय थप गर्ने सुनिश्चिता गर्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved