एसीसी प्रिमियर कप : बहराइनको विजयी सुरुवात

नेपालभ्युज

एसीसी प्रिमियर कप : बहराइनको विजयी सुरुवात

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा बहाराइनले विजयी सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा बहराइनले सिङ्गापुरलाई १३२ रनले पराजित गरेको हो।

२८७ रनको लक्ष्य पछ्याएको सिङ्गापुर ४३.१ ओभरमा १५४ रनमा अलआउट भयो। सिङ्गापुरको लागि सुरेन्द्रन चन्द्रमोहनले ६६ बलमा ५१ रन बनाए पनि जितको लागि भने पर्याप्त हुन सकेन। अरु ब्याटरले भने राम्रो प्रस्तुति गर्न सकेनन् ।

सिङ्गापुरलाई प्याक गर्न बहराइनका इम्रान अन्वरले ४, रिज्वान बटले ३ तथा अब्दुल मजिदले २ तथा अलि डावूडले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको बहराइनले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा २८६ रन बनाएको हो।

फियाज अहमदले ७९ र शाहबाज बदरले ७६ रन जोडे। फियाजले ४२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे। बदरले भने ७६ बलमा ४ चौका १ छक्का प्रहार गरे।

सिङ्गापुरको लागि भने विनोथ बास्करन, थिलिपन ओमैदुराई, र रमेश कालिमुथुले २–२ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved