एसीसी प्रिमियर कप : बहराइनले दियो सिङ्गापुरलाई २८७ रनको लक्ष्य

नेपालभ्युज

एसीसी प्रिमियर कप : बहराइनले दियो सिङ्गापुरलाई २८७ रनको लक्ष्य

काठमाडौं। एसीसी प्रिमियर कपमा बहराइनले सिङ्गापुरलाई २८७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा बहराइनले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा २८६ रन बनाएको हो।

बहराइनका लागि फियाज अहमदले ७९ र शाहबाज बदरले ७६ रन जोडे। फियाजले ४२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।

बदरले भने ७६ बलमा ४ चौका १ छक्का प्रहार गरे।

सिङ्गापुरको लागि भने विनोथ बास्करन, थिलिपन ओमैदुराई, र रमेश कालिमुथुले २–२ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved