बर्खायाम सुरु नहुँदै डेंगी संक्रमित बढे, प्रकोप दोहोरिने खतरा

बर्खायाम सुरु नहुँदै देखिएको डेंगीले यो वर्षमा पनि प्रकोप दोहोरिने त होइन भन्ने चिन्ता धेरैले व्यक्त गरिरहेका छन्।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार जनवरी १ देखि अप्रिल १७ सम्म ५२ जिल्लामा ५०१ डेंगीका केसहरू देखिएका हुन्।

नेपालभ्युज

बर्खायाम सुरु नहुँदै डेंगी संक्रमित बढे, प्रकोप दोहोरिने खतरा

काठमाडौं। गत वर्ष झन्डै प्रकोपको रूप लिएको  डेंगीको समस्या गर्मी बढेसँगै फेरि बढ्ने देखिएको छ। अहिले बिरामीहरू पुनः देखिन थालेका छन्। ५२ जिल्लामा ५०१ डेंगीका बिरामी फेला परिसकेका छन्।

बर्खायाम सुरु नहुँदै देखिएको डेंगीले यो वर्षमा पनि प्रकोप दोहोरिने त होइन भन्ने चिन्ता धेरैले व्यक्त गरिरहेका छन्।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार जनवरी १ देखि अप्रिल १७ सम्म ५२ जिल्लामा ५०१ डेंगीका केसहरू देखिएका हुन्।

कोशी प्रदेशमा ४१, वाग्मती प्रदेशमा १४३, गण्डकी प्रदेशमा ४०, लुम्बिनी प्रदेशमा ५६, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा २१० केसहरु देखिएको छ।

गत वर्ष मंसिरसम्म डेंगीका धेरै केसहरु थिए। पुस र माघमा केसहरु घटे पनि शून्य संख्या भने थिएन।

एकपटक डेंगी भइसकेपछि एन्टिबडी बन्छ। कसैलाई संक्रमण भए पनि लक्षण नदेखिन सक्छ तर पनि एन्टीबडी बनेको हुन्छ। डेंगी परीक्षणका लागि पीसीआर, आईजीजी एन्ड आइजिएम एन्टिबडी टेस्ट, ‘एनएस वान’ एन्टिजेन टेस्ट आदि विधिहरु रहेका छन्। ईडीसीडीले माग गरेअनुसार परीक्षण गर्ने किट वितरण गर्ने जनाएको छ।

सन् २०२२ मा हालसम्मकै बढी ५४ हजार ७८४ जनामा डेंगीको संक्रमण देखिएको थियो भने ८८ जनाको मृत्युसमेत भयो। डेंगी संक्रमणमा समयमा नै एक्सन नलिँदा अघिल्लो वर्ष सरकारको आलोचना भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved