काठमाडौं। यूएईले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सान्दार जितको साथ सुरु गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा यूएईले कुवेतलाई १४३ रनले पराजित गरेको हो।
३७२ रनको लक्ष्य पछ्याएको कुवेत ३६.३ ओभरमा २२८ रनमा अलआउट भयो। सैयद मोनिबले ६८ र परविन्दर कुमारले ५३ रन बनाए।मोनिबले २८ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। परविन्दरले २२ बलमा १ चौका र ७ छक्का प्रहार गर्दै अर्धशतक बनाए।
यूएईको लागि जुनेद सिद्दिकी र कार्तिक मयप्पनले ३–३ तथा रोहन मुस्तफा, जहूर खान, आयान अफजल खान र संचित शर्माले १–१ विकेट लिए।
पहिले ब्याटिङ गरेको यूएईले पूरै ओभर खेलेर ६ विकेटको क्षति ३७१ रन बनायो। यूएईको लागि वृत्य अरविन्द र रोहन मुस्तफाले शतकीय पारी खेल्दै विशाल लक्ष्य बनाउन सफल भए।
वृत्यले १४७ बलमा १७ चौका र ९ छक्का प्रहार गर्दै १८५ रनको योगदान गरे। रोहनले भने १२५ बलमा १० चौका र ४ छक्का प्रहार गरे। कुवेतका शाहरुख कुड्डुसले २ तथा यसिन पटेल, सैयद र परविन्दर कुमारले १–१ विकेट लिए।
Facebook Comment
Comment