एसीसी प्रिमियर कप : ओमानले दियो कतारलाई २५० रनको लक्ष्य, आयानको अर्धशतक

नेपालभ्युज

एसीसी प्रिमियर कप : ओमानले दियो कतारलाई २५० रनको लक्ष्य, आयानको अर्धशतक

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा ओमानले कतारलाई २५० रनको लक्ष्य दिएको छ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा ओमानले ८ विकेटको क्षतिमा २४९ रन बनाएको हो।

ओमानको लागि आयान खानले अविजित ६४ रन र कप्तान जिशान मक्सुदले ४१ रनको योगदान गरे।  आयानले ४८ बलमा ५ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे।

कतारको लागि भने मुहम्मख मुराद र अमिर फारुकले ३–३ तथा इक्रमुल्लाह खानले २ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved