एसीसी प्रिमियर कप : यूएईले दियो कुवेतलाई ३७२ रनको लक्ष्य, वृत्य र रोहनको शतक

नेपालभ्युज

एसीसी प्रिमियर कप : यूएईले दियो कुवेतलाई ३७२ रनको लक्ष्य, वृत्य र रोहनको शतक

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा यूएईले कुवेतलाई ३७२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा यूएईले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा ३७१ रन बनाएको हो।

पहिलो ओभरमा नै कप्तान मुहम्मद वसीम ८ रनमा र आर्यन लाक्रा डकआउट भएपश्चात यूएई संकटमा देखिए पनि वृत्य अरविन्द र रोहन मुस्तफाले शतकीय पारी खेल्दैँ विशाल लक्ष्य बनाउन सफल भए।

वृत्यले १४७ बलमा १७ चौका र ९ छक्का प्रहार गर्दै १८५ रनको योगदान गरे। रोहनले भने १२५ बलमा १० चौका र ४ छक्का प्रहार गरे।
कुवेतका शाहरुख कुड्डुसले २ तथा यसिन पटेल, सायद मोनिब र पर्भिदर कुमारले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved