एसीसी प्रिमियर कप : नेपालले पायो जितका लागि २३६ रनको लक्ष्य

जारी एसियाली क्रिकेट काउन्सिल एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले जितको लागि २३६ रनको लक्ष्य पाएको छ।

नेपालभ्युज

एसीसी प्रिमियर कप : नेपालले पायो जितका लागि २३६ रनको लक्ष्य

काठमाडौं। जारी एसियाली क्रिकेट काउन्सिल एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले जितको लागि २३६ रनको लक्ष्य पाएको छ।

काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा २३५ रन बनाएको हो।

मलेसियाको लागि कप्तान अहमद फैजले ७६ र विरनदीप सिंहले ४६ रन बनाए। अहमदले ६४ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे।

नेपालको लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३–३, ललित राजवंशीले २, तथा गुल्सन झा १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved