काठमाडौं । एसियाली क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप क्रिकेट अन्तगरगत नेपालले मलेसियासँगको खेलमा पहिले बलिङ् गर्ने भएको छ ।
त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो । मलेसियासँगका पछिल्ला पाँच वटा खेलमा नेपाल सबैमा विजयी भएको छ । आजको अर्को खेलमा हङकङ र सिङ्गापुरले मुलपानी मैदानमा खेल्नेछन्
सोमबार भएको पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहित पौडेलले एसीसी प्रिमियर कप जित्दै नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने उच्च सम्भावना रहेको दाबी गरेका छन् ।
विश्व कप क्रिकेट लिग–२ मा पाएको सफलता र पछिल्लो १५ दिनको अभ्यास हेर्दा नेपालले एसिया कप खेल्ने सम्भावना आफूले देखेको रोहितको भनाइ छ ।
प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया तथा समूह ‘बी’ मा यूएई, हङकङ, कुबेत, सिङ्गापुर र बहराइन छन् । प्रिमियर कपको उपाधि जित्ने टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।
Facebook Comment
Comment