काठमाडौं । नेपाल एयरलाइन्सले आन्तरिक उडानमा प्रयोग गर्ने उद्देश्यसहित तीनवटा नयाँ जहाज किन्नेगरी बाटो खुलेको छ।
निगम सञ्चालक समितिले वरिष्ठ क्याप्टेन सुधिर शमसेर राईको संयोजकत्वमा जहाज किन्ने प्रयोजनका लागि उपसमिति गठन गरेको थियो । सो उपसमितिले आफ्नो प्रतिवेदन पेश गरेपछि जहाज किन्ने बाटो खुलेको हो।
निगम स्रोतका अनुसार दुर्गम भेगमा उडान गर्ने गरी ३ वटा नयाँ जहाज खरीद गर्ने गरी उपसमितिले सिफारिस गरेको छ । निगमले यी जहाज आन्तरिक स्रोतबाट किन्ने जनाएको छ। जहाज निर्माता कम्पनीबाट सीधै खरिद गर्ने गरी प्रक्रिया अगाडि बढाइएको समेत निगमले जनाएको छ ।
अहिले निगमसँग नियमित उड्न मिल्नेगरी एउटा मात्र जहाज उपलब्ध रहेको छ ।निगमसँग यसअघि उपलब्ध चिनियाँ जहाज व्यवसायिक प्रयोजनमा उपयोगी नभएको र लागत मात्र थपेको भन्दै तीन वर्षदेखि नै थन्काएर राखिएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानमा भने चारवटा जहाज छन् ।
Facebook Comment
Comment