बजारमा ४० देखि ८० प्रतिशत माग संकुचन छ : अध्यक्ष अग्रवाल

नेपालभ्युज

बजारमा ४० देखि ८० प्रतिशत माग संकुचन छ : अध्यक्ष अग्रवाल

काठमाडौं। नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजारमा ४० देखि ८० प्रतिशत मागमा संकुचन आएको बताएका छन् ।

सोमबार काठमाडौंमा सातौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उनले उद्योग परिसंघले गरेको विभिन्न अध्ययन प्रतिवेदनअनुसार मुलुकभर उत्पादन वस्तुको मागमा ४० देखि ८० प्रतिशत संकुचन आएको देखाएको बताए ।

पछिल्लो समय उद्योगी व्यवसायीहरू कठिन अवस्थामा गुज्रिरहेको उनको भनाइ छ । व्यवसायीहरूलाई बैंकको उच्च ब्याजदरको कारण समस्या परिरहेको उनले बताए । अध्यक्ष अग्रवालले पछिल्लो समय कागजी रूपमा बैंकहरूमा तरलताको अभाव नदेखिए पनि उद्योगी व्यवसायीहरूले सहजरूपमा कर्जा पाउन नसकेको दाबी गरे ।

व्यवसायीहरूले बजारबाट उधारो उठाउन नसक्दा बैंकको किस्ता तिर्नसमेत नसकेको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved