काठमाडौं। लामो समयदेखि रोक्का भएको जग्गा फुकुवा भएपछि पश्चिम नवलपरासी सुनवलका स्थानीयवासी खुशी भएका छन् । वि.स. २०६७ मा जग्गापुर्जा प्राप्त गरे पनि अख्तियारमा मुद्दा परेसँगै जग्गा रोक्का भएको थियो । रोक्का भएको लालपुर्जा फुकुवा भएपछि स्थानीयवासी हर्षित भएका हुन् ।
१२ वर्षपछि जग्गा फुकुवा हुदाँ आफूहरू हर्षित भएको भन्दै राष्ट्रिय भूमि अयोग जिल्ला समितिले राम्रो काम गरेको स्थानीयवासीले बताए । विभिन्न समयमा राजनैतिक दलका नेताले आआफ्नो एजेण्डा बनाउनकै लागि विभिन्न कालखण्डका आयोगहरूलाई दोष दिएको स्थानीयको बुझाइ छ ।
राष्ट्रिय भूूमि अयोग जिल्ला समितिका अध्यक्ष देवराज भण्डारीले आफूहरू आयोगमा आएको दुई महिनाभित्रै काम टुङिग्याएको बताए । पटक-पटक जग्गा फुकुवा भयो भनेर झुक्किएका स्थानीयवासी सुरुमा जग्गा फुकुवा भयो भन्दा नपत्याएको बताए । उनले पछि मालपोतबाट जग्गाको काम भएपछि मात्र स्थानीयवासीले विश्वास गरेको भण्डारीको भनाइ छ ।
पश्चिम नवलपरासीमा पटक-पटक बनेका भूमिसम्बन्धी आयोगले विगतमा जग्गा नापजाँच लगायतका कार्यहरू गरे पनि पूर्णता भने दिन सकेका थिएनन् ।
पछिल्लोपटक वनेको राष्ट्रिय भूमि आयोगले भने सुनवलसहित जिल्लाभर करिब ११ सय लालपुर्जा फुकुवा गरेको छ । त्यस्तै, नयाँ जग्गा नापजाँच र यही वैशाख पहिलो हप्तादेखि राजश्व संकलन गर्ने र पुर्जा वितरण गर्ने राष्ट्रिय भूमि अयोग जिल्ला समितिले जनाएको छ ।
Facebook Comment
Comment