ओलीलाई भेट्न प्रचण्ड र देउवा बालकोट जाँदै,  विधेयकमा सहमति जुटाउने प्रयास

छलफलको लागि ओलीलाई भेट्न प्रचण्ड र देउवा ओलीको निवास बालकोटमा जाँदैछन् । छलफल विहान ९ बजेदेखि हुने तय भएको छ ।

नेपालभ्युज

ओलीलाई भेट्न प्रचण्ड र देउवा बालकोट जाँदै,  विधेयकमा सहमति जुटाउने प्रयास

काठमाडौं।  सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच संसद्मा रहेका विधेयकलाई सहमतिमा अघि बढाउने सन्दर्भमा सोमबार छलफल हुँदैछ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच विधेयकमा सहमति जुटाउन छलफल हुने भएको हो।

छलफलको लागि ओलीलाई भेट्न प्रचण्ड र देउवा ओलीको निवास बालकोटमा जाँदैछन् । छलफल विहान ९ बजेदेखि हुने तय भएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार संवैधानिक परिषद्सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताबीच छलफल हुने भएको हो।

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या आएपछि उनले आराम गरिरहेका छन् । त्यसैले प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा ओली निवास बालकोट पुगेर अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना गर्ने र संसद्मा विधेयक अगाडि बढाउन समझदारीका लागि छलफल गर्ने कार्यसूची रहेको छ।

यसअघि चैत २५ र २८ गते पनि उहाँहरूबीच छलफल भएको थियो। सभामुख देवराज घिमिरेको समन्वयमा तीन दलका शीर्ष नेताबीच भएको छलफल विशेषतः  सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई सहमतिमा टुङ्ग्याउने विषयमा केन्द्रित थियो।

संसद्मा रहेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई सहमतिमा पारित गर्ने गरी छलफल अघि बढिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved