एजेन्सी । हिजोआज कम्मरको दुखाई जतिबेला जसलाई पनि हुन सक्छ । कैयौं पटक कम्मरको दुखाई सहन पनि एकदमै गाह्रो हुन्छ । त्यसैले कम्मरको दुखाईबाट राहत पाउनका लागि केही सजिलो तरिकाहरुलाई तपाईं अपनाउन सक्नुहुन्छ ।
नुनपानीले नुहाउने
मनतातो पानीमा ढिक्का नुन मिसाएर नुहाउने गरेमा कम्मरको दुखाईबाट छुट्कारा पाउन सकिन्छ । म्याग्नेशियम सल्फेटले भरिपूर्ण ढिक्का नुनले कम्मरको दुखाईलाई टाढा भगाउँछ ।
पोस्चर सुधार्ने
धेरै लामो समय झुकेर बस्ने वा गलत पोजिशनमा बसिरहने गर्दा पनि कम्मर दुख्ने समस्या निम्तिन सक्छ । त्यसैले कम्मरको दुखाईबाट बच्नका लागि ढाड सिधा गरेर बस्ने वा शरीरको पोस्चरलाई राम्रो बनाउने गर्नु पर्दछ ।
मालिस गर्ने
मालिसको मद्दतबाट पनि कम्मरको दुखाई निको पार्न सकिन्छ । त्यसैले तोरीको तेलमा मेथीको दानालाई पड्काउने र उक्त तेलले दुखेको भागमा मालिस गरेमा आराम हुन्छ ।
खानपिन
केही खानाहरुको सेवन गर्दा पनि कम्मरको दुखाई निको हुन्छ । केही खानाहरु नखानुपर्ने पनि हुन सक्छ । त्यसैले त्यस्तो खानेकुराहरुको बारेमा अध्ययन गर्ने र कम्मरको दुखाईमा आराम दिने खालको खानेकुराहरु खानु पर्दछ । उदाहरणका लागि बेसार दुध, ग्रीन टी, ज्वानो पानी, अदुवाको चिया आदि पिउन सकिन्छ ।
योग गर्ने
नियमित रुपमा योगाभ्यास गर्नाले पनि कम्मरको दुखाई निको हुन्छ । त्यसका लागि कम्मरको दुखाईलाई कम गर्ने खालका योगहरु गर्नुपर्दछ । गलत ढंगले योग गरेमा उल्टो असर पनि पर्न सक्छ त्यसैले सही तरिकाले कम्मरको लागि गरिने आसनहरु गर्नुपर्दछ ।
Facebook Comment
Comment