सुर्खेत। कर्णालीमा पाठ्यपुस्तकको अभाव नहुने भएको छ । चालु शैक्षिक सत्रका लागि कर्णालीका सबै हिमाली तथा दुर्गमका जिल्लामा पाठ्यपुस्तक पुगेपछि अभाव नहुने देखिएको हो ।
विगतमा वर्षहरूमा कर्णालीका हिमाली तथा दुर्गमका जिल्लामा शैक्षिक सत्र सकिँदा पनि पाठ्यपुस्तक पुग्ने गरेका थिएनन् । कर्णालीका दुर्गम हिमाली जिल्लामा फागुन शैक्षिक सत्र सुरु हुन्छ भने अन्य जिल्लामा वैशाख १ गतेबाट नै शैक्षिक सत्र सुरु हुने गरेको छ ।
कर्णालीका दुर्गम तथा हिमाली जिल्लाका सबै पालिकाका पाठ्यपुस्तक पुगिसकेको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।
कर्णालीका दुर्गम तथा हिमाली जिल्लामा पाठ्यपुस्तक प्रायः पुगिसकेको केही जिल्लामा अहिले जाने क्रममा रहेको जनक शिक्षा सामग्री केन्द्रका कर्णाली प्रादेशिक कार्यालय प्रमुख भैरवबाबु पन्तले बताए । ‘मागअनुसार सबै कक्षाको पुस्तक हामीले गोदाममा ल्याएका छौँ । पालोअनुसार दुर्गम जिल्लाबाट वितरण गर्दै आएका छौं ।’ उनले भने,‘कर्णालीका दुर्गम तथा हिमाली जिल्लामा पाठ्यपुस्तक पुगिसकेका छन् ।’
हुम्लाका सातवटा स्थानीय तहमध्ये चखेली, सर्केगाड, ताँजाकोट र अदानचुली गाउँपालिकामा पाठ्यपुस्तक पुगिसकेको जिल्ला शिक्षा समन्वय इकाई हुम्लाले जनाएको छ ।
सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा पाठ्यपुस्तक ढुवानीको अन्तिम चरणमा रहेको ढुवानीको जिम्मा लिएका ज्ञानबहादुर रोकायाले बताए । ‘सामुदायिक विद्यालयका लागि पाठ्यपुस्तक पुग्न सकेको छैन ।’ उनले भने,‘हवाई मार्गमार्फत ढुवानी गर्दा जहाजले समयमा ढुवानी नगर्ने भएकाले पैदल मार्गमार्फत ढुवानी गरिनेछ ।’
जुम्लाका दुईवटा स्थानीय तहले पाठ्यपुस्तक आइ पुगेको केही अन्य स्थानीय तहमा पनि पाठ्यपुस्तक ल्याउनका लागि अन्तिम तयारी रहेको जिल्ला शिक्षा समन्वय इकाइले जनाएको छ । जिल्लामा कुल एक सय ८४ सामुदायिक विद्यालयमा करिब ४० हजार हाराहारीमा विद्यार्थी संख्या रहेको रहेको समन्वय इकाईको जनाएको छ ।
मुगुका दुईवटा स्थानीय तहबाट पुस्तकका लागि सम्पर्कमा आएका छैनन् भने अन्यले लगिसकेका छन् । जुम्ला, कालीकोट, डोल्पा र मुगुमा पनि पुस्तक गइसकेको छ । दैलेख सुर्खेत, सल्यान, जाजरकोट र रुकुमपश्चिममा पनि पाठ्यपुस्तक ढुवानी भइरहेको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयले जनाएको छ ।
Facebook Comment
Comment