सियारी गाउँपालिका अध्यक्षको घरनजिकै प्रेसर कुकर बम फेला

नेपालभ्युज

सियारी गाउँपालिका अध्यक्षको घरनजिकै प्रेसर कुकर बम फेला
फाइल तश्वीर

काठमाडौं। रूपन्देहीको सियारी गाउँपालिकाका अध्यक्षको घरलाई लक्षित गरी अज्ञात व्यक्तिहरूले बम राखेका छन् । सियारी गाउँपालिका वडा नम्बर ४ स्थित अध्यक्ष थानेश्वर घिमिरेको घरमा शनिबार प्रेसर कुकर बम फेला परेको हो।

घिमिरेको घर पछाडि कम्पाउन्ड बाहिरको गेटमा कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

सिमेन्टको बोराभित्र शंकास्पद वस्तु देखेपछि अध्यक्ष घिमिरेले बिहान साढे ९ बजे प्रहरीलाई खबर गरेका थिए। नेपाली सेना र प्रहरीको टोलीले उक्त बम साढे १२ बजेतिर डिस्पोज गरेको हो ।

तारजडित प्रेसर कुकरमा ‘खतरा’ लेखेर टाँसिएको थियो । जसमा मधेस पिपुल्स पार्टी नाम लेखेको पर्चासमेत भेटिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved