खराब मौसमका कारण हवाई उडान प्रभावित

नेपालभ्युज

खराब मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं। खराब मौसमको कारण शनिवार बिहानैदेखि आन्तरिक तर्फका हवाई उडान प्रभावित भएको छ।
त्रिभुवन विमानस्थलबाट बाहिरी जिल्ला जाने हवाई उडान प्रभावित भएपछि विमानस्थलमा बिहानैदेखि यात्रुको चाप बढेको छ।

काठमाडौंदेखि पश्चिम तर्फका धनगढी, भैरहवा,भरतपुर र पोखरा जाने हवाई उडान प्रभावित छ। बिहानैदेखि केही गन्तव्यका उडान रद्द भएका कारण भरतपुर र पोखराका ४ वटा उडान स्थगित भएका छन्।

भरतपुरको बिहान ६ः५० बजे ८ः१० बजे र ९ः २० को बुद्धका उडान रद्द भए । यस्तै, पोखराको पनि ३ उडान रद्द भएको त्रिभुवन अन्तर्राष्टिय विमानस्थल कार्यालयले जनाएको छ।

धेरै स्थानमा उडान नहुँदा विमानस्थलमा यात्रुको चाप बढेको छ। खराब मौसमका कारण आन्तरिकतर्फका बढी हवाई उडानहरू रद्द भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलका प्रवक्ता टेकनाथ सिटौलाले दिएको जानकारीअनुसार सबै उडान खराब मौसमका कारण पोखरा चितवन, धनगढी भैरहवा लगायतका केही गन्तव्यमा उडान रद्द भएका हुन्।

बिहान साढे ६ बजेदेखि उडान तालिका रहेको उडानहरू खराब मैसमका कारणले रद्द भएका हुन्। यो समाचार तयार पार्दासम्म विमानस्थलमा आन्तरिक तर्फका जम्मा करिब दर्जन मात्र हवाई उडानहरू भएका छन्। विराटनगर, जनकपुर लगायत पहाडी क्षेत्रमा भने उडान भइरहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकअनुसार सबैभन्दा धेरै बुद्ध एयरको उडान रद्द भएका छन्। बुद्ध एयरपछि यती एयरको हवाई उडान रद्द भएको संख्या दोस्रो स्थानमा रहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved