टेक्सासको गाई फर्ममा विष्फोट, १८ हजार वटा गाई मरे

नेपालभ्युज

टेक्सासको गाई फर्ममा विष्फोट, १८ हजार वटा गाई मरे

एजेन्सी। अमेरिकाको टेक्सासको एक डेरी फार्ममा भएको विस्फोटमा करिब १८ हजार वटा गाईको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

डिमिट शहर नजिकैको साउथ फोर्क डेरीमा भएको विस्फोटमा १८ हजार गाई मरेका एक जना मानिसको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । अधिकारीहरूले फर्ममा रहेको भ्याकुम मेसिनमा आगलागि भएको र मिथेन ग्यास स्टोर जलेको हुनसक्ने अनुमान गरेका छन्।

क्यास्ट्रो काउन्टी शेरिफको कार्यालयले पोस्ट गरेका तस्बिरहरूले जमिनबाट कालो धुवाँको ठुलो मुस्लो निस्किरहेको देखिएको छ ।  प्रहरी र आकस्मिक कर्मचारीहरू घटनास्थलमा पुगेपछि एक जनालाई फसेको फेला पारेर उद्धार गरी गम्भीर अवस्थामा अस्पताल लगिएको थियो।

आगलागी र धुवाँबाट मरेका गाईहरूको यकिन तथ्याङ्क भने थाहा हुन सकेको छैन, तर शेरिफको कार्यालयले अनुमानित १८ हजार गाईवस्तु जलेको जानकारी दिएको छ।

विष्फोटमा परेर अझै कयौँ गाई गम्भीर घाइते भएका र ती गाईलाई मार्नुको विकल्प नभएको पनि समाचारमा उल्लेख छ । अमेरिकामा सन् २०१८ देखि २०२२ को बीचमा ४० लाख भन्दा धेरै जनावर आगलागीमा परेर मरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved