युवा उद्यमी एवम् अर्थशास्त्री मनोज पौडेल महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

नेपालभ्युज

युवा उद्यमी एवम् अर्थशास्त्री मनोज पौडेल महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं । युवा अर्थशास्त्री र उद्यमी मनोज पौडेल, नेपाल उद्योग वाणिज्य महासंघको एशोसियट समूह तर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। महासंघलाई अझ सशक्त र प्रभावकारी बनाउने उदेश्यले युवा उद्यमी व्यवसायीहरूको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पौडेल १३ सय ७३ मत ल्याएर एशोसियट समूहकै दोस्रो हुँदै निर्वाचित भएका हुन् ।

कोष व्यवस्थापक कम्पनी आध्यन्तका संस्थापकका रुपमा व्यवसायमा प्रत्यक्ष संलग्न उनी पूर्वाधार विकास, बैकिङ्ग, शिक्षा, लगानी परिचालन र पूँजी व्यवस्थापन लगायतका क्षेत्रहरूमा अन्य विभिन्न व्यवसायहरूमा पनि आबद्ध छन्।

विशेष गरी अन्तर्राष्ट्रिय लगानी र व्यापार विकासमा अनुभवी उनले उद्योग व्यवसाय जगतमा छोटो समयमै सफल उद्यमीको रूपमा स्थापित भएका छन्।

महासंघको कार्यकारिणी समितिको गएको कार्यकालमा अन्तर्राष्ट्रिय लगानी समितिको सहअध्यक्षका रूपमा उनले नेपालमा वैदेशिक लगानी र व्यापार प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

पहुँचयोग्य लगानी, सबैको सशक्तिकरण, स्मार्ट समाधान, र टीमवर्क– यि चार मुख्य स्तम्भहरूमा केन्द्रित रहेर आर्थिक वृद्धि र विकासलाई अगाडि बढाउन सहयोग पुग्ने गरी उम्मेद्बारी दिएका मनोजले अब कार्यकारिणी समितिमा निर्वाचित भइसकेपछि नव निर्वाचित नेतृत्वसँग सहकार्य गर्दै नेपाली उद्यम र उद्यमीका निम्ति लागि पर्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved