उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल हान्यो, जापानमा नागरिकलाई सुरक्षित ठाउँमा लुक्न चेतावनी

समाचार एजेन्सी एएफपीका अनुसार जापान सरकारले होक्काइडोका नागरिकहरूलाई तुरुन्तै आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान चेतावनी दिएको हो ।

नेपालभ्युज

उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल हान्यो, जापानमा नागरिकलाई सुरक्षित ठाउँमा लुक्न चेतावनी

एजेन्सी। उत्तर कोरियाबाट प्रहार गरिएको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलका कारण जापानले होक्काइडोका नागरिकलाई कतै लुक्न चेतावनी दिएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार जापान सरकारले होक्काइडोका नागरिकहरूलाई तुरुन्तै आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान चेतावनी दिएको हो ।

यस चेतावनी सन्देशमा होक्काइडोका बासिन्दाहरूलाई सुरक्षित भवन वा भूमिगत आश्रयमा बस्न भनिएको छ।तर, पछि जापानी प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाको मिसाइल जापानको क्षेत्रमा नखसेको भनेका छन् ।

एएफपीका अनुसार जापानका रक्षामन्त्रीले यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल भएको बताए । उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेपछि दक्षिण कोरियाले पनि विज्ञप्ति जारी गरेको छ ।

एएफपीका अनुसार उनले उत्तर कोरियाले नयाँ ठोस इन्धनबाट चल्ने ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको हुनसक्ने बताएका छन्। यसबारे उत्तर कोरियाबाट हालसम्म कुनै वक्तव्य आएको छैन ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved