एसियन पेन्ट्स नेपालको नयाँ उत्पादनहरू अब बजारमा

नेपालभ्युज

एसियन पेन्ट्स नेपालको नयाँ उत्पादनहरू अब बजारमा

काठमाडौं। एसियन पेन्ट्सले स्मार्टकेयर समूहका २ नयाँ उत्पादनहरू सिलिकन शिल्ड र हाइड्रोलक बजारमा ल्याएको छ।

हालै काठमाडौंमा आयोजना गरिएको एक समारोहमा २०० बढी डिलरहरूका माझमा कम्पनीले स्मार्टकेयर समूहका २ नयाँ उत्पादनहरू सिलिकन शिल्ड र हाइड्रोलक प्रस्तुत गरेको हो। जसले भित्ताहरूमा ओस र नुनियाको समस्याहरूलाई रोकथाम गर्ने कम्पनीको दाबी छ।

कम्पनीले अरु दुई उत्पादन रोयल प्ले समूहअन्तर्गत बारिक र स्टुको पनि सार्वजनिक गरेको छ। यी रोयल प्ले समूहका उत्पादनहरूले चाहिँ घरको इन्टेरियरको सजावटलाई आकर्षक बनाउने ग्राहकको सपनाहरू पूरा गरिदिने कम्पनीले जनाएको छ ।

सिलिकन शिल्डको एक जलप्रतिरोधक तत्व हो। जसमा उत्कृष्ट पेनीट्रेटिभ फर्मुलेसन रहेको छ। यो इँटा, ढुंगा र क्ले टायलहरूका लागि अनुकूल छ। ग्राहकको घरको बाहिरी भित्ताहरूलाई नुनियादेखि जोगाएर भित्ताको स्वाभाविक सुन्दरतालाई कायमै राखिदिन्छ।

त्यसैगरी, हाइड्रोलक एक अर्को पेनीट्रेटिभ जलप्रतिरोधक सोलुसन जुन प्लास्टर गरिएका भित्ताहरूलाई ओस र नुनियाबाट सुरक्षित राख्नका लागि प्लास्टर माथि लगाउन अत्यन्त उपयुक्त रहेको छ ।

एसियन पेन्ट्सका अनुसार रोयल प्ले बारिकले एकातिर अरेबियन मरुभूमिहरूबाट प्रेरित रिच मेटालिक टेक्स्चर दिन्छ र यो ओसन वेभ र वोर्ल इफेक्टमा उपलब्ध छ भने अर्कोतर्फ रोयल प्ले स्टुकोले प्रदान गर्ने फिनिसले तपाईंको भित्री भित्ताहरूमा मार्बलको अनुभूति दिलाउनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved