प्रसाद वितरणको बेला रुख र टहरो भत्किँदा ७ जनाको मृत्यु

नेपालभ्युज

प्रसाद वितरणको बेला रुख र टहरो भत्किँदा ७ जनाको मृत्यु

एजेन्सी ।  भारत महाराष्ट्रको अकोला जिल्लामा जस्तापाताको टहरो र रुख ढल्दा ७ जना भक्तजनको मृत्यु भएको छ ।

बाबाजी महाराज मन्दिर अगाडि आइतबार साँझबाट प्रसाद वितरण सुरु भएको थियो । तर यही बीचमा हावाहुरी र वर्षाका कारण एउटा ठूलो पुरानो नीमको रुख टिनको टहरो छेउमा खसेको थियो ।

धेरै भक्तहरू टिनको टहरोमुनि उभिरहेका थिए। रुख ढलेसँगै टहरो पनि भत्किएको र धेरै जसो व्यक्ति दबिएका एनडीटीभी हिन्दीले जनाएको छ ।

रुख ढल्दा ३५ देखि ४० भक्तजन पुरिएका थिए । जसमा हालसम्म ७ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जसको अकोला मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनाको जानकारी पाउनासाथ स्थानीय बासिन्दा र बालापुर प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य थालेका थिए । टिनको टहरामुनि पुरिएका मानिसलाई बाहिर निकाल्ने काम सुरु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved