मुख खोलेर सुत्दा हुन सक्छन् यस्ता हानी

नेपालभ्युज

मुख खोलेर सुत्दा हुन सक्छन् यस्ता हानी

एजेन्सी । मुख खोलेर सुत्दा वा स्वास फेर्दा स्वास्थ्य सम्बन्धी कैयौं समस्याहरु हुन सक्छन् । जो एकदमै हानिकारक हुन सक्छन् ।

आउनुहोस् जानौं मुख खोलेर सुत्दा हुने समस्याहरुका बारेमा–

मुटुका लागि हानिकारक

मुख खोलेर सुत्दा वा स्वास लिँदा मुटु सम्बन्धी समस्याहरुको खतरा हुन्छ । मुखबाट स्वास लिनुका कारण शरीरमा अक्सीजनको मात्रा कम हुन थाल्छ जसले गर्दा रगतको बहाव प्रभावित हुन्छ । यसले मुटुसम्बन्धी समस्या देखिन सक्छ ।

थकान हुन्छ

सुतेको बेला यदी हामी मुखबाट स्वास फेर्छौं भने पनि थकान तथा कमजोरी महसुस हुन थाल्छ । मुखबाट स्वास लिँदा फोक्सोमा अक्सीजनको प्रवाह कम हुन्छ जसले गर्दा थकान महसुस हुन्छ ।

मुखबाट गन्ध आउनु

मुख खोलेर स्वास लिने गरेमा हेलिटोसिसको समस्या हुन थाल्छ । हेरिटोसिसको समस्यामा र्‍याल सुक्न थाल्छ जसले गर्दा स्वासबाट दुर्गन्ध आउन थाल्छ ।

मुख सुख्खा हुने समस्या

मुख खोलेर सुत्दा मुख सुख्खा हुने समस्या हुन्छ । मुखको सलाइवा सुख्खा भएमा र्‍याल बन्दैन जसले गर्दा मुख सुख्खा हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved