तान्जानियामा बाढीका कारण झण्डै दुई हजार मानिस घरबारविहीन

नेपालभ्युज

तान्जानियामा बाढीका कारण झण्डै दुई हजार मानिस घरबारविहीन

काठमाडौं। दक्षिणी तान्जानियाको मिटवारा जिल्लामा आएको भीषण बाढीका कारण करिब दुई हजार जनता घरबारविहीन भएका सरकारी अधिकारीहरूले बताएका छन्।

देशको दक्षिणी क्षेत्र मिटवारामा जारी भारी वर्षासँगै आएको बाढीबाट एक हजार आठ सय मानिस घरबारविहीन भएका मिटवाराका क्षेत्रीय आयुक्त अहमद अब्बासले बताएका छन् । पीडितहरू सबैका घर डुवानमा परेको जनाउँदै उनले रुबु नदीमा पानीको सतह अझ बढिरहेकाले थप क्षतिको आशङ्का गरेका छन् ।

प्राथमिक विद्यालयका भवनमा बाढी पीडितलाई अस्थायी बसोवासको व्यवस्था मिलाइएको जानकारी दिँदै क्षेत्रीय आयुक्त अब्बासले त्रिपालका साथै खाद्य सहयोग गरिएको बताएका छन् ।

एक सय हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको मकै र आलु बाढीले नष्ट भएको छ । बाढीबाट भएको क्षतिको मूल्यांकन भइरहेको छ ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved