सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा

१३ नम्बरमा रहेकाले सुनुवाइ हुने सम्भावना कम

नेपालभ्युज

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुने भएको छ। सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासमा पेसी तोकिएको छ।

यसअघि, स्थगित मुद्दा फैसला गर्न लागि आज पेसी तोकिएको हो। सन्दीपविरुद्धको मुद्दाको पेसी १३औँ नम्बरमा परेको छ। काठमाडौं जिल्ला अदालतमा आजका लागि २९ वटा मुद्दा पेसीमा चढेका छन्।

यसअघि, दुईपटक पेसी तोकेर पनि सन्दीपविरुद्धको मुद्दा सुनुवाइ भएको थिएन। आज पनि १३ नम्बरमा रहेकाले सुनुवाइ हुने सम्भावना कम देखिन्छ। गत कात्तिक २९ गते न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, उनको आदेश उच्च अदालत (पाटन) ले बदर गरेपछि सन्दीप धरौटीमा रिहा भएका थिए।

सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लगाइएको प्रतिबन्ध पनि फुकुवा गराएको थियो।

सन्दीपलाई १० देखि १२ वर्ष कैदको माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। त्यसको अन्तिम फैसला हुन लागेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved