१७ हजार रुपैयाँमै ६ जीबी र्‍याम र ५० मेगापिक्सेल क्यामेरा भएको ‘रेड्मी १२ सी’ बजारमा

नेपालभ्युज

१७ हजार रुपैयाँमै ६ जीबी र्‍याम र ५० मेगापिक्सेल क्यामेरा भएको ‘रेड्मी १२ सी’ बजारमा

काठमाडौं। साओमीले नेपाली बजारमा सस्तो स्मार्टफोन सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसर पारेर कम्पनीले ‘रेड्मी १२सी’ नामक नयाँ मोडेल नेपाली उपभोक्ताका लागि भित्र्याएको हो।

फोनमा, मिडियाटेक हेलियो जी८५ प्रोसेसर, ६.७१ इन्चको एचडी प्लस डिस्प्ले र ५००० एमएएच क्षमताको ब्याट्री दिइएको छ । ​फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

३ जीबी र्‍याम तथा ३२ जीबी इन्टर्नल स्टाेरेज भेरियन्टको मूल्य १३ हजार ४९९ रुपैयाँ तोकिएको छ । त्यस्तै, ४ जीबी र्‍याम तथा ६४ जीबी इन्टर्नल स्टाेरेज भेरियन्टको मूल्य १४ हजार ४९९ रुपैयाँ निर्धारण गरिएको छ भने १६ हजार ९९९ रुपैयाँमा ६ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टाेरेज भेरियन्टको मोडेल किन्न सकिनेछ।

कम्पनीका अनुसार आउँदो वैशाख १७ गतेसम्म हरेक भेरियन्टकाे माेडेल खरिद गर्दा ५०० रुपैयाँ छुट पाइनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved