विज्ञापनको दायरा बढाउन आवश्यक छः उद्योगमन्त्री रिजाल

नेपालभ्युज

विज्ञापनको दायरा बढाउन आवश्यक छः उद्योगमन्त्री रिजाल

काठमाडौं। उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक रहेको बताएका छन्।

शुक्रवार काठमाडौंमा राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधारण सभामा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन्। उनले अझै पनि विज्ञापन व्यवसायीहरुको दायरा भन्दा बाहिर विज्ञापनको क्षेत्र रहेको भन्दै व्यवसायीहरुको दायरामा ल्याउन आवश्यक रहेकोमा जोड दिए।

सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउनको लागि राष्ट्रिय नीति ल्याउन लागेको जानकारी दिँदै उनले सरकारले ल्याउने राष्ट्रिय नीतिमा विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउन सहयोग गर्ने बताए।

‘विज्ञापन व्यवसायलाई व्यवस्थित गर्न सरकारले राष्ट्रिय नीति ल्याउँदैछ’ मन्त्री रिजालले भने–‘सरकारको राष्ट्रिय नीतिले पनि विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउने विषय समेट्नेछ। विज्ञापन व्यवसायीका समस्यामा सरकार सहयोगी बन्नेछ।’

मन्त्री रिजालले नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट सामानहरु बिक्री हुने तर विज्ञापन आउन नसक्ने अवस्था रहेको भन्दै त्यसलाई पनि कानूनी दायरामा ल्याउने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved