काठमाडौं। युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको नवौं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ। कम्पनीको कार्यालयमा भर्चुअल माध्यमबाट भएको साधारणसभाले सामान्य प्रस्ताव र विशेष प्रस्ताव पारित गरेको छ।
साधारणसभाले गत आर्थिक वर्ष २०७८/०७९ को संचित मुनाफाबाट ७ प्रतिशत बोनस सेयर (करबाहेक) तथा ०.३६८ प्रतिशत कर पयोजनका लागि नगद लाभांश पारित गरेको कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तले जानकारी दिए।
त्यसैगरी, सभाले अमित पाण्डेलाई चार वर्ष कार्यकालका लागि कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्नुको साथै २०७९-०८० को लेखापरीक्षण कार्यका लागि नेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गरेको छ।
सभाले अन्य लगानी योग्य क्षेत्र पहिचान गरी लगानी गर्नुपरेमा सञ्चालक समितिलाई अख्तियारी दिएको छ भने कम्पनीको पुँजी वृद्धि गर्ने विशेष प्रस्तावसमेत पारित गरेको छ ।
Facebook Comment
Comment