विश्वका ७ सबैभन्दा धनी व्यक्तिले कस्ता घडी लगाउँछन् ? मूल्य कति पर्छ ?

फोर्ब्सको पछिल्लो सूची अनुसार संसारका ७ सबैभन्दा धनी व्यक्ति हुन्– बर्नाल्ड अर्नौल्ट, एलन मस्क, ल्यारी इलिसन, वारेन बफेट, कर्लोस स्लिम, जेफ बेजोस, बिल गेट्स । यी ७ धनीले लगाउने घडी कति महंगो होला त ? 

नेपालभ्युज

विश्वका ७ सबैभन्दा धनी व्यक्तिले कस्ता घडी लगाउँछन् ? मूल्य कति पर्छ ?

काठमाडौं । फोर्ब्सको पछिल्लो सूचीअनुसार संसारका ७ सबैभन्दा धनी व्यक्ति हुन्– बर्नाल्ड अर्नौल्ट, एलन मस्क, ल्यारी इलिसन, वारेन बफेट, कर्लोस स्लिम, जेफ बेजोस, बिल गेट्स । यी ७ धनीले लगाउने घडी कति महँगो होला त ?

व्यक्ति जति धनी छ घडी पनि उत्तिकै महँगो लगाउने गरेको पाइएको छ । सातौं धनी तथा माइक्रोसफ्टका मालिक बिल गेट्सले लामो समयसम्म अमेरिकी क्यासियो घडी लगाए । यसको मूल्य ५० डलर मात्र थियो ।

अहिले भने उनी ट्यांग हेउयर प्रोफेसनल २००० घडी लगाउँछन्, यसको मूल्य १४०० डलर मात्र पर्दछ । बिल गेट्सले घडीबारे एकपटक मजाक गरेका थिए–‘मैले जति सस्तो घडी लगाए पनि मान्छेले महँगो होला भन्ने नै सोच्ने हुन, महँगो नै किन लगाउन पर्यो ?’

छैटौं धनी जेफ बेजोस अमेजन डटकमका मालिक हुन् । उनले लगाउने घडी भने विल गेट्सको भन्दा महँगो छ, तर खासै धेरै महँगो भने हैन । उनी १२ हजार ९०० डलर पर्ने युलिसी नर्दिन ड्युअल टाइम घडी लगाउँछन् ।

मेक्सिकन बिजनेस सम्राट भनिने पाँचौं धनी कार्लोस स्लिमले लगाउने घडीको मूल्य भने रोलेक्स डेटोना हो । सन् २००० देखि उनले यस ब्रान्डको घडी लगाउन थालेका हुन् ।

त्यस अघि उनले यही कम्पनीको जेनिथ डेटोना मोडेल लगाउँथे । रोलेक्स विश्व प्रसिद्ध घडी उत्पादन गर्ने स्विस कम्पनी हो । कार्लोसले अहिले लगाउँदै गरेको मोडेलको मूल्य भने ३५ हजार डलर छ ।

चौथा सबैभन्दा धनी वारेन बफेटको छनोटमा पनि रोलेक्स नै छ । उनी लामो समयदेखि रोलेक्स घडीका शौखिन हुन् । हिजोआज भने उनी क्यासिक रोलेक्स डेडेट मोडेल लगाउँछन । यसको मूल्य ४० हजार २०० डलर छ ।

तेस्रो धनी ल्यारी इलिसनको भने कुनै एक ब्रान्ड छैन । उनी रोलेक्सदेखि पानेराईसम्म लगाउने गर्थे । अहिले भने उनको छनोटमा रिचार्ड मिले ब्रान्ड छ ।

त्यसको ००५ मोडेल उनले लगाउने गरेका छन । उनले लगाउने घडीको मूल्य १ देखि २ लाख डलरसम्म हुन्छ । उनलाई व्यवसाय जगतमा ‘टेक्नोलोजी टाइकुन’ भन्ने गरिन्छ ।

दोस्रो धनी एलन मस्क अहिले ट्विटर मालिकका रूपमा चर्चामा छन् । तर, उनको उदयको जग भने स्पेश र टेस्ला हो । उनी रोबर्ट, सेटलाइर्ट, ड्रोन र विद्युतीय गाडीका उत्पादक हुन् ।

एलनको छनोट पनि ल्यारी इलिसनको जस्तै रिचार्ट मिले ब्रान्ड नै हो । त्यसको ०२९ मोडेल उनी अहिले लगाउँदै छन् । यसको मूल्य २ लाख ५० हजार डलर छ ।

संसारका सबैभन्दा धनी व्यक्ति बर्नाल्ड अर्नौल्ट भने संसारकै सबैभन्दा महँगो घडी लगाउँछन् । फ्रान्सेली नागरिक बर्नाल्ड पेरिसमा बस्दछन् र उनको व्यवसाय नै विलासिताका सामानको उत्पादन र वितरणसँग जोडिएको छ ।

अहिले उनले लगाउने घडीको नाम टिफानी पटेक फिलिप्पे हो । यसको न्युटिलस ५७४० मोडेल उनले लगाउने गरेका छन् । यसको मूल्य ६५ लाख डलर भएको बताइन्छ ।

सन् २०२१ को डिसेम्बरमा उनका लागि यो मोडेल टिफानी कम्पनीले बनाएको थियो । उनको घडीको मूल्य त्यस कम्पनीका अन्य ब्रान्डको सामान्य बजार मूल्यभन्दा १२० गुणा बढी हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved