पठाओसहितका राइड शेयरिङ सेवा बन्द हुन लागेका हुन् ?

नेपालभ्युज

पठाओसहितका राइड शेयरिङ सेवा बन्द हुन लागेका हुन् ?

काठमाडौं। राइड शेयरिङ सेवा बन्द हुने खतरा बढेको छ । सरकारको कडाइका कारण पठाओ, इन ड्राइभर लगायतका थुप्रै राइड सेयरिङ सेवा बन्द हुने खतरा बढेको हो ।

भाडा लिएर यात्रु बोक्ने निजि सवारीलाई रोक्न सबै जिल्ला प्रशासन  कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ।

बुधबार गृह मन्त्रालयले एक परिपत्र गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले केही दिन अगाडि गरेको पत्रअनुसार भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारबाही गर्न परिपत्र जारी गरेको हो।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले ज्ञापनपत्र पेश गरेर निजी सवारी साधनले भाडा लिएर यात्रु बोकेको र त्यसले सार्वजनिक यातायात धरापमा परेको जनाएको थियो।  महासंघको माग अनुसार गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गरेर निजि सवारीलाई भाडा असुलेर यात्रु बोक्न रोक लगाएको हो ।

तर गृहको आदेश स्पष्ट नभएकाले राइड शेयररिङ एपमार्फत यात्रु बोक्ने निजि सवारीलाई बन्द गराउने कि नगराउने भनेर प्रशासन नै अन्योलमा परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved