बार्सिलोनालाई ४ गोलले हराएर रियल मड्रिड फाइनलमा, बेञ्जिमाको ह्याट्रिक

नेपालभ्युज

बार्सिलोनालाई ४ गोलले हराएर रियल मड्रिड फाइनलमा, बेञ्जिमाको ह्याट्रिक

एजेन्सी। रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा पुगेको छ ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनालाई ४-० ले हराउँदै रियल उपाधि नजिक पुगेको हो । पहिलो हाफमा रियल मड्रिडले १ गोल गरेको थियो । तर दोस्रो हाफमा रियल मड्रिडले ३ गोल हान्दा बार्सिलोनाले एक गोल पनि गर्न सकेन ।

रियलका लागि स्टार खेलाडी करिम बेञ्जिमाले  ह्याट्रिक गरे भने भिनिसियर जुनियरले १ गोल गरे । रियल मड्रिडले अब उपाधिको लागि अर्को महिना अर्थात मे ६ तारिखमा ओसासुनासँग खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved