ब्राजिलको प्रि स्कुलमा बालबालिकामाथि ‘बञ्चरो’ आक्रमण, चार जनाको मृत्यु

आक्रमणमा अन्य चार बालबालिका घाइते भएका छन् । घाइते सबै बालबालिका तीन वर्ष मुनिका रहेको अस्पतालका चिकित्सकले बताएका छन् ।

नेपालभ्युज

ब्राजिलको प्रि स्कुलमा बालबालिकामाथि ‘बञ्चरो’ आक्रमण, चार जनाको मृत्यु

एजेन्सी। ब्राजिलको एक किन्डरगार्टन प्रिस्कूलमा भएको आक्रमणमा चार बालबालिकाको मृत्यु भएको छ ।

बुधवार सान्ता क्याटरिनाको ब्लुमेनाउको नर्सरी स्कूलमा आक्रमण भएको थियो। प्रहरीका अनुसार बञ्चरो लिएर एक व्यक्ति निजी नर्सरी विद्यालयमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गरेका थिए ।

आक्रमणमा अन्य चार बालबालिका घाइते भएका छन् । घाइते सबै बालबालिका तीन वर्ष मुनिका रहेको अस्पतालका चिकित्सकले बताएका छन् । २५ वर्षीय आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

उद्धारकर्मीहरूले आक्रमणको समयमा यस विद्यालयमा ४० जना बालबालिका रहेको बताएका छन् । आक्रमणकारी पर्खालबाट  हाम फालेर भित्र पसेर बालबालिकामाथि आक्रमण गर्न थालेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सान्टा क्याटरिना राज्यका गभर्नरले तीन दिनको शोकको घोषणा गरेका छन्। राष्ट्रपति लुला डे सिल्भाले ट्वीट गर्दै घटनाको निन्दा गर्दै दुःख व्यक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved