रविले पुन नागरिकता लिँदा बुझाएको अमेरिकी राहदानी त्यागेको निस्सा झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालको नागरिकता पुनः लिने क्रममा जिल्ला प्रशासन कार्यालयमा पेस गरेको अमेरिकी नागरिकता त्यागेको निस्सा माग गरेको छ। उजुरीकर्ता युवराज पौडेलले रविले नागरिकता पुन लिने क्रममा निस्सा नबुझाएको दाबी गर्दै निवेदन दिएका थिए।

नेपालभ्युज

रविले पुन नागरिकता लिँदा बुझाएको अमेरिकी राहदानी त्यागेको निस्सा झिकाउन सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालको नागरिकता पुनः लिने क्रममा जिल्ला प्रशासन कार्यालयमा पेस गरेको अमेरिकी नागरिकता त्यागेको निस्सा माग गरेको छ।

रविले नेपालको नागरिकता पुनः लिने क्रममा जिल्ला प्रशासन कार्यालयमा पेस गरेको निस्सा पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको हो।

रविविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ता दिनमणि पोखरेल तथा महान्यायाधिवक्ताकाे कार्यालयको निर्णयविरुद्ध युवराज पौडेलले दायर गरेको रिट निवेदनमा निस्सा झिकाउन आदेश भएको हो।

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालले जारी गरेको आदेशमा भनिएको छ, ‘‘प्रत्यर्थी रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय, काठमाडौं जहाँ भए पनि झिकाइ नियमानुसार पेस गर्नू।’’

चितवन २ मा रवि लामिछानेको उम्मेदवारी कायम

उजुरीकर्ता युवराज पौडेलले रविले नागरिकता पुन लिने क्रममा निस्सा नबुझाएको दाबी गर्दै निवेदन दिएका थिए।
न्यायाधीश फुयाँलको इजलासले लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउनुको कारण पनि मागेको छ। फुयाँलको एकल इजलासले बुधबार महान्यायाधिवक्ता कार्यालयलाई मुद्दा नचलाउनुको कारण मागेको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved