रवि लामिछानेविरुद्धको मुद्दामा भएन अन्तरिम आदेश

लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उनी विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चैत २१ गते चार वटा उजुरी दर्ता भएका थिए ।

नेपालभ्युज

रवि लामिछानेविरुद्धको मुद्दामा भएन अन्तरिम आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।

राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा भएको सुनुवाइपछि कारण देखाउ आदेश भने जारी गरिएको हो ।

यससँगै वैशाख १० मा हुँदै गरेको उपनिर्वाचनमा भाग लिने प्रयोजनसहित चितवन २ मा दिएको उम्मेदवारी कायम रहेको छ । लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उनी विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चैत २१ गते चार वटा उजुरी दर्ता भएका थिए ।

उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधिले तीनवटा र काठमाडौंबाट युवराज पौडेल (सफल) ले इमेलमार्फत एउटा उजुरी दर्ता गरेका थिए । राष्ट्रिय जनमोर्चाका उमेदवार जनकराज शर्माका प्रतिनिधि डम्मर पुरी, स्वतन्त्र उमेदवार सन्तोष थापा र स्वतन्त्र उमेदवार अम्बिका भट्टको प्रतिनिधि शिवहरी सुवेदीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दर्ता गराएका हुन् ।

निर्वाचन आयोगद्वारा उजुरी खारेजपछि रविलाई राहत

लामिछानेले अमेरिकी आवासीय पत्र त्यागेको ३ महिना नपुग्दै चितवन २ मा उमेदवारी दर्ता गरेकोले उनको उमेदवारी खारेजीको माग गर्दै दाबी बिरोध र उजुरी परेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved