वैवाहिक जबरजस्ती करणी मुद्दामा न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी

नेपालभ्युज

वैवाहिक जबरजस्ती करणी मुद्दामा न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं। वैवाहिक जबरजस्ती करणी मुद्दामा कपिलवस्तु जिल्ला अदालतले न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालतसमक्ष पक्राउ पुर्जी माग गरेको थियो। सोहीअनुसार गिरीविरुद्ध सोमबार पक्राउ पुर्जी जारी भएको अदालतस्रोतले जनाएको छ।

यसअघि, न्यायाधीश गिरीकी पत्नी आरती रावलविरुद्ध पनि बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा न्यायाधीशपत्नी रावललाई पक्राउ गर्न बाँके जिल्ला अदालतले अनुमति दिएको थियो ।

न्यायाधीश गिरीविरुद्ध उनकै श्रीमतीले वैवाहिक करणीको उजुरी कपिलवस्तु प्रहरीमा दिएकी थिइन्। न्यायाधीश गिरीको न्याय परिषदमा सरुवा भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved