सूर्य नेपालले बजारमा ल्यायो आफ्नो नयाँ कन्फेक्सनरी उत्पादन मिन्टोबाइट

नेपालभ्युज

सूर्य नेपालले बजारमा ल्यायो आफ्नो नयाँ कन्फेक्सनरी उत्पादन मिन्टोबाइट

काठमाडौं। सूर्य नेपाल प्रा.लि.ले आफ्नो नयाँ कन्फेक्सनरी उत्पादन मिन्टोबाइट टफी नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक मूल्यसहित रु ५ मा २ वटा मिन्टोबाइट उपलब्ध हुनेछ ।

मिन्टोबाइटको स्वादले ताजा श्वासको साथै आत्मविश्वास पनि जगाउनेछ । निलो प्यापरमा उपलब्ध मिन्टोबाइट बजारमा उपलब्ध अरू मिन्ट स्वादका कन्फेक्सनरी उत्पादनहरू भन्दा आकर्षक र भिन्न देखिने कम्पनीले जनाएको छ ।

मिन्टको स्वाद रूचाउने ग्राहकहरूले मिन्टोबाइटको प्रयोगबाट मिन्टको सन्तुलित स्वाद प्राप्त गर्न सक्नेछन् । मिन्टोबाइट नेपालभरिका खुद्रा पसल तथा सुपरमार्केटहरूमा उपलब्ध हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved