पश्चिमी वायु निष्कृय, केही दिन पानी पर्ने सम्भावना कम

नेपालभ्युज

पश्चिमी वायु निष्कृय, केही दिन पानी पर्ने सम्भावना कम
फाइल तश्वीर

काठमाडौं। नेपालमा पश्चिमी वायुको प्रभाव निष्कृय बनेको छ । केही दिनदेखि देशभर फैलिएको पश्चिमी वायु निष्कृय बनेसँगै मौसम सफा बनेको छ ।

स्थानीय वायुको कारण केही ठाउँमा मौसम बदली भएपनि हिजो अस्ती जस्तो देशैभर पानी पर्ने सम्भावना छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार बेलुकीपख पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि पानी पर्ने सम्भावना कम छ ।

प्री मनसुनको समय भएकाले दिउसोपछि केही ठाउँमा तिव्र गतिमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ ।

यस्तै आज देशका धेरै ठाउँमा दिउँसोपछि हावाहुरी चल्ने अनुमान गरिएको छ । विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेश र तराईका जिल्लामा तीव्र गतिमा हुरी चल्ने अनुमान छ ।

दिउँसोपछिको समयमा खेतबारीमा काम गर्दा र घरबाहिर निस्कँदा सचेत हुने मौसमविद्को सुझाव छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved