बयान दिएर फर्किए डोनाल्ड ट्रम्प, अमेरिका नरकमा जान थालेको टिप्पणी

उनी आपराधिक आरोपको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति हुन्। एक पोर्न स्टारलाई रकम दिएर अपराध लुकाउन प्रेरित गरेको मुख्य आरोप ट्रम्पलाई लागेको छ ।

नेपालभ्युज

बयान दिएर फर्किए डोनाल्ड ट्रम्प, अमेरिका नरकमा जान थालेको टिप्पणी

एजेन्सी। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प औपचारिक रुपमा पक्राउ परेका छन् ।

उनि आफै अदालतमा पुगेका थिए र  उनलाई अदालतमा बयान सुरु हुनु अघि नै प्रहरी हिरासतमा राखिएको थियो । अदालत पुगेपछि उनलाई पक्राउ गरिएको जानकारी गराइएको थियो ।

उनी आपराधिक आरोपको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति हुन्। एक पोर्न स्टारलाई रकम दिएर अपराध लुकाउन प्रेरित गरेको मुख्य आरोप ट्रम्पलाई लागेको छ । उनिमाथि ३४ वटा जघन्य अपराधका मुद्दा दर्ता भएकाछन् ।

तर ट्रम्पले आफूले कुनै अपराध नगरेको भन्दै जघन्य घटनामा आरोपित हुन अस्वीकार गरेका छन् ।  ट्रम्पले आफ्नो व्यापार रेकर्डमा कुनै गल्ती नगरेको पनि बताएका छन् ।

म्यानहट्टन अदालतमा न्यायाधीश जुआन मार्चानको अगाडि उनले आफूले कुनै अपराध नगरेको बताए ।अदालतमा बयान दिएपछि उनि आफ्नो निवास फ्लोरिडा फर्केका छन् र समर्थकलाई सम्बोधन गरेका छन् ।

उनले राज्यले आफूलाई पटक पटक गलत आरोप लगाएर गैर नागरिकलाई जस्तो व्यवहार गरेको गुनासो गरेका छन् । कुनै प्रमाणविना सन् २०१६ देखि नै आफूमाथि नियोजित आक्रमण भइरहेको उनको भनाई छ ।

‘यो कुनै पनि अमेरिकी पूर्व राष्ट्रपतिमाथिको ठगि र अपमान हो मलाई यो अवस्थामा पुर्‍याउनेरुलाई लाज लाग्नुपर्छ,’ ट्रम्पले भनेका छन् ।

उनले आफ्नो देश नरकमा जाँदै गरेको पनि बताएका छन् । ‘अहिले अमेरिकामा भइरहेका हर्कत देखेर सारा विश्व हाँसिरहेको छ, हाम्रो देश नरकमा जाँदैछ,’ ट्रम्पले भनेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved