मनोनयन दर्ता गर्न रवि लामिछाने निर्वाचन अधिकृतको कार्यालयमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले १० वैशाखमा हुने उपनिर्वाचनको लागि उम्मेदवारी दिने प्रक्रिया सुरु गरेका छन्।

नेपालभ्युज

मनोनयन दर्ता गर्न रवि लामिछाने निर्वाचन अधिकृतको कार्यालयमा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले १० वैशाखमा हुने उपनिर्वाचनको लागि उम्मेदवारी दिने प्रक्रिया सुरु गरेका छन्।

चितवन–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्न उनी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन्।

गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २ मा उपनिर्वाचन हुन लागेको हो।

लामिछानेसँगै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राप्रपाका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा र नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी लगायतले उम्मेदवारी दर्ता गर्दै छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved