आज पनि दिउँसोसम्म मौसम सफा, बेलुका धेरै ठाउँमा वर्षाको सम्भावना

नेपालभ्युज

आज पनि दिउँसोसम्म मौसम सफा, बेलुका धेरै ठाउँमा वर्षाको सम्भावना
फाइल तश्वीर

काठमाडौं । पछिल्ला केहि दिनजस्तै आज सोमबार पनि विहानपख देशका धेरै ठाउँको मौसम सफा छ । अहिले काठमाडौं उपत्यकासहित धेरै ठाउँमा मज्जाले घाम लागेको छ ।

तर दिउँसोपछि भने पूर्वदेखि पश्चिमसम्म नै मौसम बदली हुने  र धेरै ठाउँमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका साथै  कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा   मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved